गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ ।
पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी हुने फिटनेस एक्सपर्ट र न्यट्रिशनिष्ट नीरज मेहताको सुझाव छ । गर्मीमा प्रशस्त पानी पिउनु त राम्रो नै हो तर ठोस खाद्यपदार्थले एकातर्फ शरिरमा पोषणको मात्रा पु¥याउँछ भने आश्चर्यचकित रुपमा पानीको मात्रालाई पनि सन्तुलित बनाईराख्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन् त ?
१. सलाद साग सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै ।
२.ब्रोकोली एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ ।
३. भात मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ ।
४. स्याउ स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ ।
५.दही ८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो । रातोपाटी
Tuesday, April 21, 2015
बालिका आत्महत्या र नजन्मिएको बच्चा
प्रशव पीडा धेरै लामो समय रह्यो भने आमा र पेटभित्रको बच्चा दुवैलाई खतरा हुन्छ । आज देशको अवस्था पनि त्यस्तै छ । सार्थक संविधान समयमा नआउँदा राज्य नै चरम निराशामा छ । संविधानसभा जन्मदाता पार्टी नै सिद्धिने र संविधानसभाबाट संविधान पनि नआउनेजस्तो आभास भइरहेको छ ।
यो निराशाको घडीमा देशले अनेक समस्या भोगिरहेको छ । गरिबी, अभाव, अशिक्षा हटाउन सकिएको छैन । देशको महत्वपूर्ण जनशक्ति युवाको ठूलो संख्या वैदेशिक रोजगारीदेखि अनेक अवसरका लागि बिदेसिन बाध्य छ । घरमा साना छोराछोरीलाई छाडेर बाबुआमा नै रोजगारीका लागि बिदेसिएका पनि छन् ।
परिवार तथा समाजमा आमा र सन्तानको सम्बन्ध नै विशेष हुन्छ । माया, ममता शब्दको खास सार्थकता पनि आमा र सन्तानकै सम्बन्धमा हुन्छ । तर, आज नेपालमा कतिपय आमाहरु अनेक घरेलु र बाहिरी हिंसाको सिकार हुँदै छन्, बलात्कृत हुँदै छन्, जिउँदै जलाइँदै र मारिँदै पनि छन् । कतिपय आत्महत्या गर्न पनि बाध्य भएका छन् । यसले बालबालिकालाई पनि नकारात्मक प्रभाव पारेको छ ।
आमाहरु नै लैंगिकदेखि अन्य हिंसाको चपेटामा परेको यथार्थ एकातिर छ, प्रसंग पछिल्लोपटक बालबालिकाले शृंखलाबद्ध गरेको सामूहिक आत्महत्याको हो । नयाँ वर्षको संघारमै डलेल्धुराका चार किशोरीले आत्महत्या गरे । चारैजना १६ वर्षमुनिका थिए— १४ वर्षीया ममता चुनारा, १३ वर्षीया नितु लोहार, १४ वर्षीया पूजा कोली । यी चारैजना ओठ निचोर्दा दूध आउनेजस्ता किशोरीले महाकाली नदीमा हामफाली आत्महत्या गरे । कारण, यिनीहरुले स्कुलको परीक्षा बिगारेका थिए । यो घटनाको घाउ आलै छँदा लगत्तै तीन किशोरीले सामूहिक आत्महत्या गरेको खबर आयो । बझाङका १४ वर्षीया जुनतारा पुजारी, उही उमेरकी रेखा पुजारा र १५ वर्षीया कविता बोहोराले वनमा गई रुखमा झुन्डिएर आत्महत्या गरे ।
हाम्रो कानुनले १६ वर्ष र १६ वर्ष मुनिकालाई बालबालिका मान्छ । अतः माथि आत्महत्या गर्ने सबै बालिका हुन् । त्यो मात्रै नभएर आत्महत्या गर्ने क्षेत्र सुदूरपश्चिम परेको छ । जुन क्षेत्रलाई राज्यले विकासको मूलधारमा ल्याउन सकेको छैन । जुन क्षेत्रका जनता आधारभूत अधिकारबाट वञ्चित छन् ।
देशमा दुर्गम क्षेत्र मात्र नभएर सुगमकै निम्न वर्गका धेरैले एसएलसीसम्मको परीक्षा दिन पाउँदैनन् । मुस्किलले परीक्षा दिन पाएका कतिपय असफल हुन्छन् । असफल हुनु खासगरी बालिकाका निम्ति बज्रपात बन्छ । किनभने, छोराले परीक्षामा राम्रो नतिजा नल्याए पनि अर्कोपटक मौका दिइन्छ । तर, छोरीलाई दिइँदैन । छोरीप्रति उदार भावना नराख्ने नेपाली समाजको पुरानो रोग हो, जुन अझै निको हुन सकेको छैन । अझै पनि हामीले छोरीलाई अर्काको घर गरिखाने भनी लिन्छौँ । वास्तवमा यो लैंगिक विभेदको सोच हामीले सबैभन्दा पहिले हटाउन जरुरी छ । यसमा राज्यले कडा र योजनाबद्ध कदम चाल्नैपर्छ ।
पछिल्लोपटकको बालिका सामूहिक आत्महत्याको शृंखला सुदूरपश्चिममा भएको छ । यसले के संकेत गर्छ भने, सुदूरपश्चिममा लैंगिक हिंसा केही बढी नै छ । कुनै पनि मानवीय विभेद वा हिंसा हुनु चेतनाको कमी त हुँदै हो । तर, चेतनाको कमी किन भयो ? यो मुख्य प्रश्न हो । यसको जवाफमा आउँछ, राज्यले देशैभरिका जनतालाई आधारभूत अधिकार पु¥याएको छैन ।
यो क्षेत्र अझै पनि सामन्ती पितृसत्तात्मक संस्कृतिले ग्रस्त छ । त्यति मात्र नभएर यो क्षेत्रीय रुपमा काठमाडौंबाट शासित छ । यस्तै घटना वागमतीमा घटेको हुन्थ्यो भने, पूरै नेपाल ठप्प हुन्थ्यो, अन्तर्राष्ट्रियकरण नै हुन्थ्यो ।
बालबालिका किन आत्महत्या गर्दै छन् ? यो गम्भीर प्रश्न हो । यसमा सीधै राज्यसत्ता वा सरकार जवाफदेही हुनुपर्छ । समाजले यस प्रश्नको जवाफ खोज्नुपर्छ । यस्ता घटनालाई राजनेताले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
विकट ग्रामीण भेगमा मात्रै होइन, सहर–बजारमै पनि कतिपयले मदिरा सेवन गरी श्रीमती कुट्ने प्रवृत्ति उस्तै छ । घरमा हुने घरेलु हिंसाले बालबालिकाको मानसिकतामा गहिरो छाप पार्छ । घरमै हिंसा देख्न र भोग्न परेपछि बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने नै भयो । अर्कोतिर गरिबी, बेराजगारीको समस्याले देश नै आक्रान्त छ । साना छोराछोरी छोडेर बाबु वा आमा वैदेशिक रोजगारीका लागि गएको अवस्था पनि छ । यसले पनि छोराछोरीले आफन्तसँगको विछोडको पीडा भोग्नुपर्ने अवस्था छ । साना बालबालिकाले बाबुआमाबाट माया र संस्कार सिक्न नपाएको अवस्था पनि छ ।
सूचना र प्रविधिको विकासले पनि अहिले समाजमा मानिसबीचको नाता सम्बन्ध बिग्रँदो छ । खासगरी मध्यम र निम्न वर्गीय मानिसमा यसको प्रभाव बढी पाउन सकिन्छ । उच्च र धनाढ्य वर्गले त चेतना र सामाजिक प्रतिष्ठाका कारण पनि सकभर नाता सम्बन्धमा दरार आउन दिँदैनन् । तर, मध्यम र निम्न वर्गका मानिसको चेतनाको कमी, गरिबी, देखासिकीका कारण पनि पारिवारिक नाता सम्बन्ध ध्वस्त हुन पुगेको पाइन्छ ।
श्रीमानले विदेशमा पैसा कमाउने यता श्रीमतीले पैसा उडाउने कुलतमा लाग्ने, श्रीमती सधैँ काममा घोटिइरहने तर श्रीमान् हरदिन मदिरा सेवन गर्ने आदि विकृति पनि हाम्रो समाजमा विद्यमान छन् । यसको सबैभन्दा बढी नकारात्मक प्रभाव बालबालिकामा पर्ने गर्छ । अर्कोतिर, आमाबाबुबाट माया र रेखदेख नहुँदा, घरमा शान्ति र सुखको वातावरण नहुँदा, सुन्दर भविष्यको प्रत्याभूति नहँुदा बालबालिकामा निराशा उत्पन्न हुन पुग्छ । यस्ता बालिका घरपरिवार र छरछिमेकबाटै बलात्कृत हुन पनि सक्छन् । घरमा माया र राम्रो रेखदेख नभएपछि कतिपय अवस्थामा बालबालिका भड्किएर हिँड्छन् । र, सडकबालबालिको रुपमा सहरबजारमा देखिन्छन् ।
जनता कहाँ–कस्तो अवस्थामा, कुन मनोविज्ञानमा छन् भनी बुझ्ने र त्यसअनुसारको समाधानको उपाय खोज्ने राज्यसत्ता संयन्त्रले नै हो । तर, अहिले राज्यसत्ता निरीहजस्तै छ ।
पछिल्ला दिन बालिका जसरी बालिका आत्महत्याका घटना बढे, यसले के र कतातिर संकेत गर्छ त ? यो गम्भीर सवाल हो । आजका बालबालिका भोलिका युवा र वृद्ध हुन् । अनि, महिला परिवारका शिक्षिका हुन्, जसले सन्तानलाई केही न केही सिकाउँछन् । तसर्थ, घर–परिवारमा महिला र बालबालिकाको मानसिकतामा नकारात्मक प्रभाव पर्ने अवस्था आउनु हुँदैन । तर, यसमा व्यक्ति र परिवारले मात्रै चाहेर हुँदैन । यसमा त राज्यसत्ताले नै प्रभावकारी र हस्तक्षेपकारी भूमिका निभाउनैपर्छ ।
राजनीतिक स्थिरता नहुँदा, जनता चरम निराशा र गरिबीमा हुँदा समाजमा विभिन्न विकृति उब्जन्छन् । चोरी, डकैतीका घटना बढ्न थाल्छन् । बलात्कार बढ्न थाल्छन् । यसले पूरै समाजमा डर, त्रास र धम्कीको परिस्थिति सिर्जना हुन्छ । यसको असर अन्ततः परिवारभित्रको सबैभन्दा कान्छा र कमजोरलाई पर्न जान्छ ।
आर्थिक हिसाबले पनि मध्यम र निम्न वर्गीय परिवारभित्र झगडा र खटपट बढी हुन्छ । कारण, घरमा अभाव हुन्छ । घर–परिवारमा अभाव भएपछि थोरै चिजमा झगडा हुन्छ । यस्ता झगडा धेरैजसो अंशबन्डा, दाइजो, जग्गाको साँधका नाममा हुने गर्छन् । यी र यस्ता समस्या एउटा परिवारको मात्रै होइन, देशकै समस्या हो । त्यसैले राज्यले नै यसमा सोच्नुपर्ने हुन्छ ।
अहिले राज्यसत्ता निरीहजस्तै छ । किनभने, अहिले देश सार्थक संविधान बनाउने बहस र छलफलमा छ । देशका सबै क्षेत्र, वर्ग, लिंगलाई समेट्ने संविधान बनाउनुपर्ने छ । संविधान नबन्दा स्थानीय चुनाव हुन सकेको छैन । त्यसैले राज्यसत्ताको पहुँच अहिले स्थानीय स्तर खासगरी विकट क्षेत्रमा पुग्न सकेको छैन ।
समाजलाई प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण विषय नै पारिवारिक सम्बन्ध हो । तर, अहिले हाम्रोमा गरिबी र अभावका कारण पारिवारिक सम्बन्ध मजबुत हुन पाइरहेको छैन । पुँजी पलायनसँगै मानिस पनि पलायन भइरहेको अवस्था छ । रोजगारीका लागि खाडी मुलुक पुग्नु एउटा बाध्यकारी अवस्था एकातिर छ । अर्कोतिर, हाम्रोमा सरकारका मन्त्री, सभासद्, सरकारी कर्मचारी समेत छोराछोरीले विदेशमा स्थायी बसोबासको अनुमति पाउँदा गर्व गर्ने गर्छन् । यसो हुँदा समाजबाट एउटा महत्वपूर्ण जनशक्ति युवाको पलायन मात्रै भएको छैन, सामाजिक सम्बन्धलाई पनि खलबल्याएको छ ।
समग्रमा हेर्दा बालबालिकासम्म हुन पुगेको हिंसाका घटनाले यो संकेत गर्छ, अहिले देश, समाज, परिवार नै विखडन हुँदै गइरहेको छ ।
अतः अहिलेको चुनौती भनेको यो प्रशव पीडालाई नलम्ब्याईकन शल्यक्रिया गरी आमा र बच्चा दुवैलाई बचाउनु नै हो । सुरक्षित प्रसूति गराउनु हो । यहाँ आमाको विम्बको रूपमा नेपालीका पार्टीहरु हुन् । बच्चा जन्मनु भनेको सबै नेपालीलाई समेट्ने अर्थात् जाजरकोटको बिरामीले जाजरकोटमै उपचार पाउने खालको व्यवस्थासहितको संविधान बन्नु हो । संविधान संविधानसभाबाटै आओस् तर संसदीय विधिबाट होइन ।
यसको मतलब, बहुमतको बलले अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रको अधिकार नकुल्चियोस् । कुल्चिइयो भने बच्चा जन्मदा अंगभंग हुन सक्छ । संविधानरुपी बच्चा सबै नेपालीलाई समान अधिकार दिने सबल र सक्षम जन्मनैपर्छ ।
- Ratopati